Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : नेता कोइराला

By साझासवाल 3 मिनेट पढाइ

माघ १६, इनरुवा | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीभित्र र गठबन्धन दलहरुबीच सरकार विस्तार गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्णता नपाएका बेलामा धेरै विकास निर्माणका काम प्रभावित भएकाले यसलाई पूर्णता दिन आवश्यक भएको उल्लेख गर्नुभयो ।

करिब रु २२ लाखको लागतमा सो भवन निर्माण गरिएको हो । कोइरालाको संसदीय विकास कोषको रु १० लाख, इनरुवा–२ को वडाको रु पाँच लाख, सङ्घीय सांसद सीताराम मेहताको संसदीय विकास कोषबाट रु दुई लाख ७३ हजार, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीबाट रु एक लाख एक हजार तथा अन्य व्यक्ति तथा सङ्घ संस्थाको सहयोगमा भवन निर्माण गरिएको हो ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारी, इनरुवा–२ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादव, नेपाली कांग्रेस प्रदेश २ का सचिव प्रकाश मेहतालगायतको सहभागिता रहेको थियो ।