२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलाश मानसरोवर प्रवेशद्वार अलपत्र

१८ माघ २०७८, मंगलवार १०:०१

माघ १८, भजनी | नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको  छ ।

नेपाल र भारतको सिमानामा प्रवेशद्वार निर्माण सुरु गरिएको  दुईवर्ष भइसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका  कारण  अलपत्र परेको हो । कैलाश मानसरोवर तीर्थयात्राका लागि पैदलमार्गबाट जाँदा टीकापुर नगरपालिका–७ मा रहेको पद्मप्रकाशेश्वर  मन्दिर दर्शन गरेर जाने र आउँदा पनि त्यहाँ दर्शन गरेर फर्कने प्रचलन रहेकाले पनि प्रवेशद्वारको नाम नै कैलाश मानसरोवर प्रवेशद्वार राखिएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले  रु ३२ लाख ५७ हजार बजेट बिनियोजन गरेपछि ठेक्कामार्फत प्रवेशद्वार निर्माणको काम सुरु गरिएको  थियो तर समयमै ठेकेदार कम्पनीले काम पूरा नगरेका कारण आयोजना अलपत्र परेको स्थानीयवासीको गुनासो छ । प्रदेश सरकारको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले सो कार्यका लागि रु ६५ लाख बराबरको लागत अनुमान तयार पारेकोे थियो । 

ठेकेदार कम्पनी एमएमबि कन्स्ट्रक्सनले प्रवेशद्वारको जगको काम गरेर उठाएका खम्बा बाङ्गो भएको बताइएको  छ । खम्बामा प्रयोग भएको मसला पनि निकै कमजोर भएको पाइएकाले खम्बा निकै कमसल र गुणस्तरहिन भएको बताउँदै नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ का सभापति प्रकाश शाहले तत्काल निर्माण कम्पनीलाई निर्माण भएको संरचना भत्काएर सुरुबाट काम गर्न लगाउनुपर्नेमा जोड दिनुभयो  ।

“प्रवेशद्वार निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेको देखिएको छ । स्थानीयवासीको पहुँचभन्दा बाहिर रहेकोले पनि ठेकेदारले त्यसको फाइदा उठाएको हुनुपर्छ ।” उहाँले भन्नुभयो, “काम रोकेर सुरुबाटै प्रवेशद्वार निर्माण गराउनका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्छ, होइन भने निर्माण कम्पनीलाई नै कारबाही गर्नुपर्छ । यस्तो टालटुले कामले आज कैयौं आयोजना अलपत्र परेका छन् ।”

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले निकै मेहनत र प्रयास गरेर निर्माण गर्न लागिएको प्रवेशद्वारको काममा निर्माण कम्पनीले चरम लापरबाही गरेको आरोप लगाउनुभयो । “यो प्रवेशद्वारको महत्व धेरै छ । भोलिका दिनमा भारतीय पर्यटक कैलाश मानसरोवरसम्मको तीर्थयात्रामा पैदल जाँदा यहीँ प्रवेशद्वार भएर जाने गर्दछन् । 

‘‘यस पर्यटकीयस्थलको प्रचारप्रसार र विकासका लागि प्रवेशद्वार निर्माण थालिएको थियो ।” उहाँले भन्नुभयो, “काम राम्रो भएको देखिएन । यसलाई तत्काल दीर्घकालीन हुने गरी निर्माणका लागि पहल गर्ने छु । अहिलेकै अवस्थामा प्रवेशद्वार निर्माणले निरन्तरता पाए त्यो निकै कमसल हुने देखिएको छ ।”

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका निमित्त प्रमुख भोजराज पाठकले प्रवेशद्वारको काम अलपत्र नपरेको जिकिर गर्नुभयो । उहाँले चालू आर्थिक वर्षमा आयोजनाका लागि रु १० लाख बजेट मात्रै विनियोजन भएका कारण त्यहीँ बजेटले मात्र काम गर्न नसकिने भएपछि थप बजेटका लागि समन्वय हुँदै आएको बताउनुभयो ।

“पहिलो वर्ष कोरोनाका कारण विनियोजन भएको बजेट काम हुन नसकेपछि फिर्ता गयो । गत आर्थिक वर्षमा पनि वर्षको अन्तिममा काम सुरु भएका कारण पूरा हुन सकेन । केही रकम फिर्ता गयो ।” उहाँले भन्नुभयो, “हामीले प्रवेशद्वारको योजनालाई बहुवर्षीय आयोजनाको रुपमा लिएका छौं । त्यसैले पनि आयोजना अलपत्र परेको होइन । बजेटको अभावले रोकिएको हो ।” 

अहिले ठेक्का दिएको निर्माण कम्पनीलाई म्याद थप गरेर काम अगाडि बढाउनसक्ने अवस्था नरहेको बताउँदै निमित्तप्रमुख पाठकले त्यसका लागि पुनः नयाँ ठेक्का प्रक्रियामा जानुपर्नेमा जोड दिनुभयो। प्रवेशद्वार  निर्माणमा लापरबाही भएको गुनासो आएपछि पुनः त्यसको अध्ययनका लागि प्राविधिकलाई निर्देशन दिइएको उहाँको भनाइ थियो  । 

“गुनासो आएपछि हामीले प्राविधिक टोलीलाई प्रवेशद्वारको अध्ययनका लागि निर्देशन दिएका छौं । प्राविधिकको प्रतिवेदनले काम कमसल देखिएको अवस्थामा निर्माण कम्पनीलाई पुनः निर्माण गर्न लगाउने वा कारबाही गरेर धरौटी र बैंक ग्यारेन्टी जफत गर्ने भन्ने निर्णयमा पुग्छौं ।” निमित्त प्रमुख पाठकले भन्नुभयो, “गतवर्ष प्राविधिककै टोलीले गरेको अनुगमनका आधारमा करिब रु १५ लाख भुक्तानी भए पनि बाँकी रकम भुक्तानी भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने