७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२० माघ २०७८, बिहीबार ११:५८

माघ २०, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा  १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो लागेर ५३९.६५ मा सीमित भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज बढेको छ । कूल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर रु आठ अर्ब ६१ करोड २१ लख ७४ हजार १६२ मा  खरिद बिक्री भए । कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ । एघार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । 

जलविद्युत् ६.१६ र निर्जीवन बीमा १२.१७ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.१८, व्यापार २२.८७, होटल तथा पर्यटन ३८.६४, विकास बैंक ५४.२९, वित्त ३३.७१, उत्पादन ७९.४१, अन्य ९.३, लघुवित्त ५४.३३, जीवन बीमा १७२.७४, सामूहिक लगानी कोष ०.१ र लगानी ०.५७ अंकले ओरालो लागेको छ ।

बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख २७ हजार २२३ बराबर पुगेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८२ करोड ७० लाख ३५ हजार ३३६ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ५२ करोड ५० लाख १८ हजार ७२२, शिखर इन्स्योरेन्स रु २६ करोड ८० लाख ६८ हजार ४४, नेशनल हाइड्रोपावर रु २४ करोड ८१ लख ७८ हजार २५९ र एचआइडिसिएल रु २४ करोड ३७ लाख ३५ हजार १३६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त १०, बुद्धभूमि नेपाल हाइड्रोपावर ९.७३, साहस ऊर्जा ६.०६, अरुण भ्याली हाइड्रोपावर ५.३३ र मैलुङ खोला जलविद्युत् परियोजनाका लगानीकर्ताले ४.२५ प्रतिशतले कमाए । आरएमडिसी लघुवित्त ३.४९, पोखारा फाइनानस ३.०७, गुर्खाज फाइनान्स २.९९, एनएमबी हाइब्रिड फण्ड २.७८ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति