२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युएईबाट ५८ ग्राम सुन, तीन-तीन थान मोबाइल र ल्यापटप बोकेर आएका व्यक्तिहरु विमानस्थलबाट पक्राउ

२०७८, २३ माघ आईतवार १२:३५

माघ २३, काठमाडौँ । अवैध रुपमा भन्सार छली गरि ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चारजनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मा, झापा शिवसताक्षी नगरपालिका-९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् ।

पक्राउ परेकाहरुले जजिरा एयरको फ्लाइटमार्फत दुबईबाट कुवेत हुँदै काठमाडौं आउने क्रममा ५८/५८ ग्राम बराबरको सुनको सिक्री, तीन/तीन थान मोबाइल र एक/एक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सामानहरू भन्सार छली ल्याउन गोकुल भन्ने व्यक्तिले लगाएको भनी खुल्न आएपछि उक्त सामान लिन आएका गोकुलसमेतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ