८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज पनि नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

२६ माघ २०७८, बुधबार १२:०९

माघ २६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २२.०६ अङ्कले ओरालो लागेर दुई हजार ८१३.५२ मा ओर्लेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५१ अङ्कले ओरालो लागेर ५२८.९९ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर रु तीन अर्ब ४७ करोड ११ लाख नौ हजार १८२ मूल्यमा खरिद बिक्री भए ।

 बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७६ अर्ब ५५ करोड आठ लाख ७० हजारको आसपास रोकिएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ १२.४२, व्यापार ३९.२५, होटल तथा पर्यटन २.४४, विकास बैंक ४६.२७, जलविद्युत् ३२.७२, वित्त २४.८५, निर्जीवन बीमा १९८.७५, उत्पादन १५.०३, अन्य ३.६७, लघुवित्त ५०.०४, जीवन बीमा १५१.०८, सामूहिक लगानी कोष ०.१२ र लगानी ०.९६ अङ्कले ओरालो लागेका छन् । 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १८ करोड ६१ लख ६९ हजार ७६५ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १४ करोड ५९ लाख ५७ हजार २१७, नेशनल हाइड्रो पावर रु १४ करोड ४७ लाख १३ हजार ३९८, नेपाल पूर्वाधार बैंक रु १४ करोड १३ लाख ४० हजार ४५२ र एचआइडिसिएल रु ११ करोड दुई लाख ६३ हजार ७४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार लिबर्टी इनर्जी ३.०८, आरम्भ चौतारी लघुवित्त २.८०, जनउत्थान सामुदायिक लघुवित्त १.९७, लाइफ इन्स्योरेन्स कम्पनी १.८७ र मैलङ खोला जलविद्युत् आयोजनाका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए । त्यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावर ६.६४, नेपाल एसबिआई बैंकको ऋणपत्र ३.७५, नेपाल हाइड्रो डेभलपर्स ३.३५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.२७ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च