2026-10-12 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल बन्दै

माघ २९, बेनी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ । कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।

सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखगरेबगरस्थित वडा नं २ र ६ को सिमानामा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर ७० मिटर लामो ११ मिटर चौडाइ भएको पक्की पुल निर्माण भएको छ ।

भ्याटसहित रु आठ करोड २४ लाखमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले कोरोना महामारीलगायतका कारण समयसीमाभन्दा केही थप समय लिएर पुल निर्माण सम्पन्न गरेको विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले जानकारी दिनुभयो । कोरोना महामारी, बाढीपहिरालगायत कारण निर्धारित समयमा सम्पन्न नभएपछि गत वर्ष पुस मसान्त २०७८ सम्म सम्पन्न गर्ने गरी एक वर्षको म्याद थप गरिएको थियो ।

यसअघि महभिरस्थित अन्नपूर्ण–७ र रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ जोड्ने गरी कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माण भइसकेको छ । ८० मिटर लामो र ११ मिटर चौडाइ भएको यो मोटरेबल पुल भ्याटसहित रु नौ करोड नौ लाखमा ठेक्का सम्झौता भएर काम गरिएको विभागले जनाएको छ । गत असोजमा नै काम सम्पन्न गरी हाल पुलमा यातायात सञ्चालन हुँदै आएको छ ।

पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले ठेक्का लिएको थियो । एघार–एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइनसमेत गरी पुल निर्माण गरेको हो । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बाढी पहिराका कारण निर्माणको समय एक वर्षपछि धकेलिए पनि सरकारले थप गरेको समयसीमाभित्रै पुल निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा नौवटा मोटर चल्ने पुल निर्माण सम्पन्न भएका छन् । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत थप १२ वटा पुल निर्माणाधीन रहेको आयोजना प्रमुख जगत् प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार थप पाँच ठाउँमा पुल निर्माणको लागि प्रस्ताव गरिएको छ ।

यी खोलामा बने पुल

आयोजनाअन्तर्गत म्याग्दी खण्डको रघुगङ्गा नदीमा ४० मिटरको पुल निर्माण सम्पन्न भएको छ । यो पुल रु छ करोड ८७ लाखमा शर्मा गजुरमुखीले ठेक्का लिएर सम्पन्न गरेको हो । त्यस्तै अन्नपूर्ण गाउँपालिका– ३ स्थित दानाको घट्टेखोलामा रु पाँच करोड ८७ लाख लागतमा ४० मिटरको पुल निर्माण भएको छ । मुस्ताङ खण्डमा लेतेखोलामा पुल निर्माण सम्पन्न भएको छ । 

गजुरमुखीले रु ४० करोड २० लाखमा ठेक्का लिएर पुल निर्माण सम्पन्न गरेकोे छ । त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिकाको स्याङखोलामा ११५ मिटर लामो मोटरेबल पुल मुक्तिनाथ श्री गीता जेभी कम्पनीले रु १० करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गरेको छ । पाण्डाखोलामा ५० मिटरको पुल रु चार करोड ३७ लाखमा निर्माण सम्पन्न गरेको छ । कागबेनीमा २५ मिटरको पुल गलुवा रफिना जेभी कम्पनीले पुल निर्माण सम्पन्न गरेको छ ।

बेगखोलामा पुल निर्माण सुरु

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको हो । विसं २०८० चैतमा सम्पन्न गर्ने सम्झौतासहित विसं २०७८ असार २९ गते  बिओकेआइ–हिमालयन जेभीले भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता भएको विभागका इञ्जीनियर रिजालले जानकारी दिनुभयो । 

बेलीब्रिजसमेत बाढीले बगाएको बेगखोलामा पुल निर्माण गर्न निर्माण व्यवसायीले नै पुलको डिजाइन आफैँ गर्ने गरी ठेक्का सम्झौतामा भएको छ । बेगखोलामा पुल बगाएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीले निरन्तर सास्ती खेप्दै आएका छन् । पुल निर्माणका लागि पटक–पटक ताकेता गरिएको र कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीलाई समेत समयमै काम सक्ने गरी काम अघि बढाउन आग्रह गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो । 

यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनामा आएको बाढी र पहिराका कारण निर्माणाधीन पुल बगाएपछि कुन प्रविधिको प्रयोग गरी कस्तो पुल निर्माण गर्ने भन्ने अझै यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली