८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

३ फाल्गुन २०७८, मंगलवार १०:५७

फागुन ३, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर ५२२.१३ पुगेको छ ।

सोमबार सामान्य अङ्क(०.०८)ले बढेको नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेपनि कारोबार रकम भने घटेको छ । आज कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर रु तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेमा कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य उकालो लागेका छन् । जसमा बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, विकास बैंक १२७.३५, जीवन बीमा १८७.०३, जलविद्युत् १३८.१२, वित्त ६५.६८, अन्य ७५.६३, लघुवित्त १४५.७६, निर्जीवन बीमा १८५, उत्पादन ३७.०८ सामूहिक लगानी कोष ०.०३ र लगानी २.२६ अङ्कले बढेका छन् ।  

नेप्सेका अनुसार कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ३९ हजार ४९० मूल्य बराबरको कारोबार भएको छ । 

यस्तै नशनल हाइइ«ोपावर कम्पनी रु १८ करोड ५३ लाख ९१ हजार ८४६, नेपाल दूरसञ्चार कम्पनी रु १८ करोड २१ लाख ६४ हजार ९३७, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट रु १३ करोड ५३ लाख ३९ हजार ६३७ र जीवन विकास लघुवित्त वित्तीय संस्था रु १३ करोड २८ लाख ७५ हजार ६३१ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे ।

नेप्सेका अनुसार आजको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर कम्पनी ८.७० प्रतिशत, हिमालय ऊर्जा विकास कम्पनी ७.७५, कालिका पावर कम्पनी ७.६५ र छ््याङ्दी हाइड्रोपावरको शेयरमूल्य ७.६१ प्रतिशतले बढेको छ ।

त्यस्तै आज अधिकासं सामूहिक लगानी कोषका मूल्य घटेका छन् ।  एनआइसी एसिया व्यालेन्स फण्डको मूल्य ३.१४ प्रतिशतले घटेको बजारमा, एनआइसी एसिया ग्रोथ फण्डको १.८६, सिटिजन्स म्युचल फण्ड–१को, १.५३, एनआइवीएल समृद्धि फण्ड–२ को १.४० र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १.२६ प्रतिशतले  घटेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा