३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

४ फाल्गुन २०७८, बुधबार १०:१०

फागुन ४, काठमाडौँ । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मछिन्द्रलाई भेट्ने छैन 

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११ खेलमा २९ अङ्क जोडेको छ । मछिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ९ अङ्कले अघि रहेको छ । १० खेल खेलेको मनाङको २० अङ्क रहेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टू हेड’का आधरमा मछिन्द्र नै अगाडि हुनेछ । 

त्यस्तै मछिन्द्रले ११ खेलमा ९ जीत र २ बराबरीको नतिजा निकालेको छ । मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

मछिन्द्रको जीतमा अजरबैजानका खेलाडी नुर्लान नोभ्रोजोभ नायक बने । उनले खेलको ५३औँ मिनेटमा गरेको एक गोल नै मछिन्द्रका लागि निर्णायक गोल साबित बन्यो । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भए ।

यस हारसँगै ११ खेल खेलेको सातदोबाटोले १५ अङ्क जोडेको छ । सातदोबाटो अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट