दुई वटा झोलामा शव भेटियो: टाउको र खुट्टा एकातिर, शरीर अर्कोतिर

साझासवाल
1 Min Read

<p>फागुन ५, काठमाडौँ । सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा एक मृत मानव अङ्ग फेला परेपछि अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पठाइएको प्रहरीले जनाएको छ ।<br></p><p>सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको हो ।&nbsp;</p><p>घटनास्थलमा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली खटिएका छन् । फरेन्सिक चिकित्सकको टोलीले पनि हत्याको प्रकृतिबारे अनुसन्धान गरेका छन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply