२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमाथि नेपालको शानदार जित

२०७८, ६ फाल्गुन शुक्रबार ०९:२२

फागुन ६, काठमाडौँ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ओमानले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोडे। यस्तै कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए। यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडेका थिए।

बलिङतर्फ ओमानका लागि खवर अलीले ३ विकेट लिए। यस्तै बिलाल खानले २ तथा फय्याज बट र जिशान मकसूदले १-१ विकेट लिए।

११८ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको ओमान १७ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटियो।

नेपाललाई जित दिलाउन कमल ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई तथा जितेन्द्र मुखिया र अविनाश बोहोराले एक–एक विकेट लिए।

ओमानका नशिम खुशीले २४ रन बनाए पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत