2026-10-12 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई साता नबित्दै फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फागुन ८, काठमाडौँ । दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो। वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट लागू हुने निगमको भनाइ छ। वृद्धि भएको मूल्यअनुसार पेट्रोलको मूल्य १४५ र डिजेल/मट्टितेलको मूल्य १२८ रुपैयाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ। 

निगमले गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ बढाएको थियो। १४२ रुपैयाँमा पेट्रोल र १२५ रुपैयाँमा डिजेल, मट्टितेल पाइने नयाँ मूल्य सार्वजनिक गरेको थियो। 

एलपी ग्यासमा प्रतिलिटर ५६०.७४ घाटा भए पनि हाललाई बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ। हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ११६, हवाई इन्धन बाह्यतर्फ १०९५ र एलपी ग्यासमा १५७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

माघ १९ अघि निगमले माघ ५ गते पनि पेट्रोलको मूल्य वृद्धि गरेको थियो। उक्त समय पेट्रोलको मूल्य १३९ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ थियो। इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि मूल्यवृद्धि गर्नुपरेको सहप्रवक्ता पुष्कार कार्कीले बताए। इन्डियन आयल कर्पोरेसनले फागुन ४ गते पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको थियो। निगमले त्यसदिन सूचना जारी पेट्रोलको भउ बढ्ने संकेत गरिसकेको थियो। 

कर्पोरेसनले प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढेर आएकाले घाटा झन् थपिएको निगमले जनाउ दिइसकेको थियो। अझै पनि निगमले २ अर्ब २५ करोड घाटा रहेको दाबी गरेको छ। तर, समायोजनले निगमको १५ दिनको घाटा करिब २ अर्ब ४० रुपैयाँ करोडबाट करिब २५ करोड रुपैयाँले घट्ने जनाएको छ। निगमले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा २४ अर्ब रुपैयाँ घाटा भएको दाबी गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली