Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एएफसी एशियन कप: खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’मा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १२, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।<br></p><p>एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सीमा उज्बेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छन् । समूह डीमा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया छन् ।&nbsp;</p><p>समूह ईमा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बङ्गलादेश छन् भने समूह एफमा किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र सिङ्गापुर छन् । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।</p>