2026-10-12 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुग्लिन–नारायणगढ सडक खण्डमा पुल निर्माण प्रभावित

फागुन १२, काठमाडौँ । निर्माणाधीन अवस्थामा रहेका–नारायणगढ सडकखण्डका पुलका लागि बजेट अभाव भएको छ । 

मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताउनुभयो । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि फराकिलो बनाएसँगै पुल पनि फराकिलो बनाउने काम सुरु भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ वटा पुल छन् । तीमध्ये चार वटा पुल निर्माणको काम सडकसँगै सकिसकेको छ । बाँकी १५ वटा पुल निर्माणका लागि विसं २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । 

सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलहरुको भौतिक प्रगति औसतमा भन्दा ५० प्रतिशत भएको इञ्जिनीयर आचार्यले बताउनुभयो । आठ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्नमात्र बाँकी छ । सडकसँग जोड्नका लागि घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताउनुभयो । 

उहाँका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब रु एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थमन्त्रालयमा पत्र पठाइएको उहाँको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ वटा पुलमध्ये तीन वटा पुलको काम अझै सुरु भएको छैन् । दुई वटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताउनुभयो । मुग्लिन नजिक रहेका तुईन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उहाँको भनाइ छ । 

उहाँले निर्माण कम्पनीलाई रकम दिनका लागि पनि बजेट अभाव भएको बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म रु १५ करोड मात्रै बजेट प्राप्त भएको उल्लेख गर्दै उहाँले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गर्नुभयो । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । 

प्याकेज–१ का पुल निर्माणका लागि रु ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि रु ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरुको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरुको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली