हेम चन्द्र राई | भदौ ११, यूएइ | "आदिवासी जनजातिको शान ! स्वाभिमान, आत्मा सम्मान र पहिचान ! ” भन्ने मूल मन्त्रका साथ नेपाल आदिवासी जनजाति महासङ्घ यूएइले २६ अगस्ट २०१६  शुक्रबारका दिन युएई को प्रशिद्द शहर देरा दुबाइको काल्टर्न टावार होटेलमा २२औं विश्व आदिवास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | भदौ ११, यूएइ | "आदिवासी जनजातिको शान ! स्वाभिमान, आत्मा सम्मान र पहिचान ! ” भन्ने मूल मन्त्रका साथ नेपाल आदिवासी जनजाति महासङ्घ यूएइले २६ अगस्ट २०१६  शुक्रबारका दिन युएई को प्रशिद्द शहर देरा दुबाइको काल्टर्न टावार होटेलमा २२औं विश्व आदिवास"/>
२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएइमा मनाए २२औं विश्व आदिवासी दिवस

२०७३, ११ भाद्र शनिबार १६:५८

हेम चन्द्र राई | भदौ ११, यूएइ | "आदिवासी जनजातिको शान ! स्वाभिमान, आत्मा सम्मान र पहिचान ! ” भन्ने मूल मन्त्रका साथ नेपाल आदिवासी जनजाति महासङ्घ यूएइले २६ अगस्ट २०१६  शुक्रबारका दिन युएई को प्रशिद्द शहर देरा दुबाइको काल्टर्न टावार होटेलमा २२औं विश्व आदिवासी दिवस भब्य रूपमा मनाईएको छ । युएई आदिवासी जनजाती महासङ्घका वर्तमान अध्यक्ष डेर राज गुरूङको सभापतित्वा तथा यूएईको लागि नेपाली कार्यवाहक राजदूत नेत्र बहादुर टन्डनको प्रमुख आथित्यमा सम्पन्न यस कार्यक्रममा यूएई अन्तर्गतका विभिन्न सङ्घ संस्था तथा विद्वान् बुद्धिजीवीहरूको आतिथ्यता रहेको थियो ।


कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङ्को स्वागत मन्तव्य सङ्गै शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि नेत्र बहादुर टन्डनले नेपालका आदिवासी जनजातिहरू हरेक कोणबाट सम्पन्न समुदायहरू हुन, यी समुदायमा रहेको/भएको तमाम सम्पदा र संरचनाहरूको सहि सदुपयोग गर्न सके नेपाल विश्वकै पहिचानी नमुना देश हुने कुरामा दुई मत नरहेको कुरा बताए । निकट भविष्यमा यस्तै प्रकृतिको कार्यक्रम नेपाली राज दूतावास यूएइले पनि आयोजना गर्ने र यो कार्यक्रम समग्र नेपालकै प्रतिनिधि मूलक कार्यक्रम रहने छ , उहाँले थप्नु भयो ।   

११ जातीय सङ्घ संस्था आबद्ध यस महासङ्घमा एघारै जातिहरूको विभिन्न किसिमको पहिचानी भेष-भूषा, खाद्य परिकार, पुस्तक पत्रिका, हातहतियार, गरगहना, बाद्द्यवादन तथा जीविकोपार्जनका लागि प्रयोगमा ल्याइने विभिन्न औजारहरू प्रदर्शनीमा रहेको यस कार्यक्रममा किरात रार्इ यायोक्खा शाखा यूएइको तर्फबाट ‘साकेला’ , किरात याक्थुङ चुम्लुङ को तर्फबाट ‘च्याब्रुङ’ , नेवापुचको तर्फबाट ‘मङ्गल धुन’ , नेपाल मगर सङ्घबाट ‘पञ्चे बाजा र सोरठी, तामाङ समाजबाट ‘सेलो’, तमु समाजबाट ‘सुर्की’ , सुनुवार सेवा समाजबाट ‘स्यादर’ र शेर्पा किदुक यूएइको ‘स्याब्रु’ झाकी प्रस्तुत गरिएको थियो ।

आशा एच फोर फाउन्डेसनको प्रमुख प्रायोजन तथा यूएई अन्तर्गतका विभिन्न व्यवसायी तथा व्यक्तिहरू प्रायोजक रहेको यस कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड साङ्गीतिक तथा नृत्यहरू पनि  प्रस्तुत गरिएको थियो । गायन तर्फ नन्दु रार्इ, विक्रम लामा, सविन आले र उमेश रार्इ रहेका थिए भने लोमु शेर्पा र सविना माझीले एकल नृत्य प्रस्तुत गरेका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन शुत्रमणी रार्इ र सांस्कृतिक कार्यक्रम विजय लक्ष्मी रार्इद्दारा सञ्चालनमा रहेको यस कार्यक्रममा एघारै जातीय संस्था बाट एक नारी र एक पुरुष गरी २२ जना तथा विभिन्न क्षेत्रमा योगदान पू-याउने व्यक्तिहरू र सबै प्रायोजकहरूलार्इ सम्मान गरिएको थियो । कार्यक्रमलार्इ विसर्जन गर्ने क्रममा सभाध्यक्ष डेर राज गुरूङले कार्यक्रम आयोजना गर्नु निश्चित रूपमा प्रवासमा पनि आदिवासी जनजातिहरूको बीचमा सांस्कृतिक जागरणको लागी, हाम्रो पहिचान प्रति गर्वको भावना बढाउन, नेपालको पर्यटन प्रवर्धनमा टेवा पु-याउन, विश्वका आदिवासीहरूले मनाउने विश्व आदिवासी दिवस युएईमा पनि मनाइएको हो भन्नु भयो । यो पुस्तामा आएको सांस्कृतिक जागरण नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि यस कार्यक्रमको प्रमुख उद्देश्य हो, भन्नु भयो । संस्कृतिक जागरणलाई संवैधानिक  रुपमा संस्थागत नगरे सम्म अथवा र कानुनि मान्यता प्राप्त नगरे सम्म भोलिका पुस्ताहरुले फेरी हाम्रो पहिचानका आधारहरु बिर्सदै जाने भएकोले अब हामीमा राजनैतिक जागरण पनि आउन जरुरि भएको विचार ब्यक्त गर्नु भयो l यूएइको लागि नेपाली राजदुताबासले नेपालको पर्यटन प्रवर्धनको लागी महोत्सव गरी हाम्रो कला संस्कृतिलाई विदेशीहरूको बीचमा पुग्ने मौका दिएमा महासङ्घले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट