2026-10-12 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागमतीमा समपुरक योजनाका लागि रु चार करोड

फागुन १९, बागमती । बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन  भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको  बैठकले २५ गाउँपालिकामा  कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिनुभयो । 

साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको  मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा  खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको  उहाँले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ ।

निजामती कर्मचारी सङ्गठनका अध्यक्षमा पौडेल 

नेपाल निजामती कर्मचारी सङ्गठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल चयन हुनुभएको छ । सो सङ्गठनको ११औँ मकवानपुर जिल्ला अधिवेशनले उहाँका नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

 समितिको उपाध्यक्षमा हेमकुमार पाठक, सचिवमा प्रकाश पौडेल र सहसचिवमा सम्झना शाही चयन हुनुभएको सङ्गठनले जनाएको छ । प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ,सङ्गठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाले तीनै तहका  स्थायी सरकार कर्मचारी रहेकाले  इमान्दारीपूर्वक काम गर्न अनुरोध गदै नयाँ नेतृत्वलाई सफलताको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली