२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

२० फाल्गुन २०७८, शुक्रबार ०६:४४

फागुन २०, बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ  भारतमा काम गर्ने आप्रवासी कामदारको  दुर्घटना बीमा गरिने भएको हो ।

दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।” 

नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी कामदारको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ । उहाँले भन्नुभयो, “अहिले नमूनाका रुपमा केही वडामा आप्रवासी कामदारको दुर्घटना बीमा  गर्छाैं, यसले त्यहाँ काम गर्ने कामदार दुर्घटना परे पनि सहयोग मिल्नेछ ।”

रोजगारीका लागि भारत गएका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको रुडेस कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “दशरथचन्द घर भएर भारतमा काम गर्ने आप्रवासी कामदारको तथ्याङ्क सङ्कलन गर्ने र त्यसपछि उनीहरुको बीमा गरिनेछ ।” यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी कामदारको दुर्घटना बीमा गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल