१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

२१ फाल्गुन २०७८, शनिबार ०४:११

फागुन २१, काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन  ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ ।

सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिनुभयो । 

नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाइ थियो । 

अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताउनुभयो । उहाँले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गर्नुभयोे । एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पु¥याइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार एक्स्पोमा रहने १६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता  हुनेछ । वार्षिक रु ६० अर्बको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् । नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५०० औषधि प्राविधिक र ५०० फर्मासिस्ट उत्पादन हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन