२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

२०७८, २१ फाल्गुन शनिबार १५:३४

फागुन २१, तनहुँ । पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो ।

जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । त्यसैगरी दासढुङ्गा–देउपुर सडक आगामी असारसम्म म्याद थपका लागि प्रक्रियामा राखिएको कार्यालयका सिनियर डिभिजन इञ्जीनियर दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा, पाल्पा जोड्ने शालिकराम करिडरअन्तर्गत ६८ किलोमिटर सडकमध्ये  दासढुङ्गा–देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी १३ पुलमध्ये आठवटाको भर्खरै मात्रै बोलपत्र भएको छ भने पाँचवटा पुलको यसै आवको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शालिकराम करिडरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङ गाउँपालिका–५ लुक्दीखोला पुल, घिरिङ गाउँपालिका–४ को तिरमदीखोला पुल, घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल, भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा निर्माणाधीन अवस्थामा रहेको पुल यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ ।

बोलपत्र भएका आठवटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसै वर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको सो कार्यालयका साइड इन्चार्ज होमनाथ गौतमले जानकारी दिनुभयो । धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र

फागुन २१, रुकुम । रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो । अहिले धाउने–बालुवा–देउखोला सडकखण्डमा धमाधम डकको काम चलिरहेको छ । धाउनेबाट देउखोलासम्मको १० किलोमिटर सडकमा पक्की हुने भएको हो ।

यस खण्डमा लामा कन्स्ट्रक्शन कम्पनी प्रालि महारजगञ्ज काठमाडौँले कामको जिम्मा पाएको छ । उसले रु २९ करोड ६७ लाख छ हजार ३९७ मा ठेक्का लिएको हो । विसं २०७८ असार ३ मा सम्झौता गरेको उसले २०८० असार २२ मा सडक कालोपत्रको काम गरिसक्नुपर्ने छ । सडकखण्डको उक्त क्षेत्र सिस्ने गाउँपालिकाको ६, भूमे गाउँपालिकाको ५ र पुथाउत्तरगङ्गा गाउँपालिकाको १४ नं वडा पर्छ । यस ठाउँमा दशैँ–तिहारलगत्तै काम सुरु भएको हो । 

अहिले पर्खाल लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम भइरहेको लामा कन्स्ट्रक्शन कम्पनीका सबकन्ट्याक्टर पासाङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डमा अहिले धमाधम काम चलिरहेको छ । सम्झौता अवधिभन्दा अघि नै सडक कालोपत्र सक्ने गरी काम चलिरहेको कम्पनीका सबकन्ट्याक्टर शेर्पाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा