2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तहको पाँच वर्षः पूर्वाधार विकासमा प्रगति

फागुन २२, कावासोती । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् । पाँच वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन् । तीमध्ये कावासोती नगरपालिकाले समेत पाँच वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, वडा कार्यालयको भवन, फोहरमैला व्यवस्थापन केन्द्र र वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माणलगायत काममा प्रगति हासिल गरेको छ । 

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले आफ्नो कार्यकालमा ६४ दशमलब ५ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिनुुभयो । करिब १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति र नगरका विभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडकमर्मत गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पूर्वाधार निर्माणले ग्रामीण भेगको पहुँच बजार र राजमार्गसँग सहज रुपमा भएकाले यसले हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ ।” 

यसैगरी करिब ६७ दशमलब ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरी ९५ वटा कल्भर्ट निर्माण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । नगरका विभिन्न स्थानमा एक हजार ९०० वटा सडक बत्ती जडान गर्नुका साथै ८०० विद्युत् पोलसहित विभिन्न स्थानमा विद्युतीकरको कार्यसमेत सम्पन्न भएको प्रमुख पुनले बताउनुभयो । नगरभित्रका साना बाटोमा मोजाइक टायल लगाउने कामसमेत गरिएको उहाँले बताउनुभयो । 

चालु आवमासमेत विभिन्न साना बाटोमा यो कार्य भएको उहाँको भनाइ छ । नगर गौरवको योजनको रुपमा रहेको कावासोती चक्रपथको हालसम्म १० किलोमिटर सडक कालोपत्र भएको छ भने नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं ४, ५, ७, ८, ९ र १५ को कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । त्यस्तै वडा नं १, २, ३, ६, ११, १३ र १६ को कार्यालय भवन चालु आवमा सम्पन्न हुने लक्ष्य राखिएको नगर प्रमुख पुनले बताउनुभयो ।

आफ्नो कार्यकालमा नगरस्तरमा दिगो फोहरमैला व्यवस्थापनका लागि फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भई फोहरमैला व्यवस्थापनको कार्य अगाडि बढाइएको नगरपालिकाका उपप्रमुख पे्रमशङ्कर मर्दनिया थारुले बताउनुभयो । मध्यवर्ती क्षेत्रमा हुने वन्यजन्तुको क्षति रोक्न १९ किलोमिटर क्षेत्रमा पर्खालसहितको मेसजाली निर्माण गर्ने काम विभिन्न वडामा भएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा विपन्न समुदायको आवास व्यवस्थापनका लागि हालसम्म ८८ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । चालु आवमा १७ घर निर्माण गरी हस्तान्तरण गरिने उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । 

आफ्नो कार्यकालमा कभर्ड हलको निर्माण सम्पन्न भएको उहाँको भनाइ छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगरस्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी काम सुरु गरिएको उल्लेख गर्दै उहाँले पोखरी तालको गुरुयोजना निर्माण गरी बाटो तथा पार्क स्तरोन्नतिमा काम भएको उहाँले जानकारी दिनुभयो । नगरभित्र अत्याधुनिक कोल्ड स्टोर निर्माणका लागि बजेट विनियोजन, वडा नं १७ मा सामुदायिक बीउ बैंक निर्माण, सय भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक एवम् क्लबको भवन स्तारोन्नति तथा नयाँ निर्माण गरिएको छ । वडा नं ३, ५, ८ र १२ मा गुम्बाको निर्माण तथा स्तरोन्नति गरिएको उपप्रमुख मर्दनिया थारुले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले साविकका गाविस भवन रहेका वडा कार्यालयको स्तरोन्नति गरिएको छ । आदिवासी थारु सङ्ग्रालयको भवन स्तरोन्नति गर्नुका साथै रेडक्रससँगको सहकार्यमा ब्लड बैंक तथा आपतकालीन भण्डारणका लागि गोदाम निर्माण गरिएको उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । एक वडा एक खेल मैदानअन्तर्गत नगर क्षेत्रभित्रका खेल मैदान स्तरोन्नति कार्यको सुरुआत गरिएको, हरित सहर निर्माण अभियानअन्तर्गत विभिन्न वडाभित्रका मूल सडक दायाँवायाँ वृक्षरोपण गरिएको छ । खानेपानी कार्यालयसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टङ्की निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

यसैगरी वडा नं ४, १२, १३ र १७ मा खानेपानी ट्याङ्की तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरी डिप बोरिङ सञ्चालनमा रहेको छ । साथै वडा नं १५ मा खोनेपानी पहुँच विस्तारका लागि पाइपलाइन विस्तारको कार्य गरिएकोसमेत नगर उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । 

यसैगरी जनतालाई सुविधा दिन न्यूनतम आवश्यकताको पहिचान गरी सोही अनुसार काम गरेको उहाँको भनाइ छ । “हामीले सामान्य खालका योजनालाईसमेत अगाडि बढायौं, जुन योजनाले आम नागरिकलाई सहज पु-याउने खालका थिए”, उहाँले भन्नुभयो, “स्थानीय सरकारको आफ्नो सामथ्र्य अनुसारको काम गर्न हामी चुकेका छैनौ भन्ने लागेको छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले