१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तहको पाँच वर्षः पूर्वाधार विकासमा प्रगति

२२ फाल्गुन २०७८, आईतवार ११:१४

फागुन २२, कावासोती । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् । पाँच वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन् । तीमध्ये कावासोती नगरपालिकाले समेत पाँच वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, वडा कार्यालयको भवन, फोहरमैला व्यवस्थापन केन्द्र र वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माणलगायत काममा प्रगति हासिल गरेको छ । 

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले आफ्नो कार्यकालमा ६४ दशमलब ५ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिनुुभयो । करिब १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति र नगरका विभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडकमर्मत गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पूर्वाधार निर्माणले ग्रामीण भेगको पहुँच बजार र राजमार्गसँग सहज रुपमा भएकाले यसले हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ ।” 

यसैगरी करिब ६७ दशमलब ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरी ९५ वटा कल्भर्ट निर्माण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । नगरका विभिन्न स्थानमा एक हजार ९०० वटा सडक बत्ती जडान गर्नुका साथै ८०० विद्युत् पोलसहित विभिन्न स्थानमा विद्युतीकरको कार्यसमेत सम्पन्न भएको प्रमुख पुनले बताउनुभयो । नगरभित्रका साना बाटोमा मोजाइक टायल लगाउने कामसमेत गरिएको उहाँले बताउनुभयो । 

चालु आवमासमेत विभिन्न साना बाटोमा यो कार्य भएको उहाँको भनाइ छ । नगर गौरवको योजनको रुपमा रहेको कावासोती चक्रपथको हालसम्म १० किलोमिटर सडक कालोपत्र भएको छ भने नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं ४, ५, ७, ८, ९ र १५ को कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । त्यस्तै वडा नं १, २, ३, ६, ११, १३ र १६ को कार्यालय भवन चालु आवमा सम्पन्न हुने लक्ष्य राखिएको नगर प्रमुख पुनले बताउनुभयो ।

आफ्नो कार्यकालमा नगरस्तरमा दिगो फोहरमैला व्यवस्थापनका लागि फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भई फोहरमैला व्यवस्थापनको कार्य अगाडि बढाइएको नगरपालिकाका उपप्रमुख पे्रमशङ्कर मर्दनिया थारुले बताउनुभयो । मध्यवर्ती क्षेत्रमा हुने वन्यजन्तुको क्षति रोक्न १९ किलोमिटर क्षेत्रमा पर्खालसहितको मेसजाली निर्माण गर्ने काम विभिन्न वडामा भएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा विपन्न समुदायको आवास व्यवस्थापनका लागि हालसम्म ८८ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । चालु आवमा १७ घर निर्माण गरी हस्तान्तरण गरिने उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । 

आफ्नो कार्यकालमा कभर्ड हलको निर्माण सम्पन्न भएको उहाँको भनाइ छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगरस्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी काम सुरु गरिएको उल्लेख गर्दै उहाँले पोखरी तालको गुरुयोजना निर्माण गरी बाटो तथा पार्क स्तरोन्नतिमा काम भएको उहाँले जानकारी दिनुभयो । नगरभित्र अत्याधुनिक कोल्ड स्टोर निर्माणका लागि बजेट विनियोजन, वडा नं १७ मा सामुदायिक बीउ बैंक निर्माण, सय भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक एवम् क्लबको भवन स्तारोन्नति तथा नयाँ निर्माण गरिएको छ । वडा नं ३, ५, ८ र १२ मा गुम्बाको निर्माण तथा स्तरोन्नति गरिएको उपप्रमुख मर्दनिया थारुले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले साविकका गाविस भवन रहेका वडा कार्यालयको स्तरोन्नति गरिएको छ । आदिवासी थारु सङ्ग्रालयको भवन स्तरोन्नति गर्नुका साथै रेडक्रससँगको सहकार्यमा ब्लड बैंक तथा आपतकालीन भण्डारणका लागि गोदाम निर्माण गरिएको उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । एक वडा एक खेल मैदानअन्तर्गत नगर क्षेत्रभित्रका खेल मैदान स्तरोन्नति कार्यको सुरुआत गरिएको, हरित सहर निर्माण अभियानअन्तर्गत विभिन्न वडाभित्रका मूल सडक दायाँवायाँ वृक्षरोपण गरिएको छ । खानेपानी कार्यालयसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टङ्की निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । 

यसैगरी वडा नं ४, १२, १३ र १७ मा खानेपानी ट्याङ्की तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरी डिप बोरिङ सञ्चालनमा रहेको छ । साथै वडा नं १५ मा खोनेपानी पहुँच विस्तारका लागि पाइपलाइन विस्तारको कार्य गरिएकोसमेत नगर उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । 

यसैगरी जनतालाई सुविधा दिन न्यूनतम आवश्यकताको पहिचान गरी सोही अनुसार काम गरेको उहाँको भनाइ छ । “हामीले सामान्य खालका योजनालाईसमेत अगाडि बढायौं, जुन योजनाले आम नागरिकलाई सहज पु-याउने खालका थिए”, उहाँले भन्नुभयो, “स्थानीय सरकारको आफ्नो सामथ्र्य अनुसारको काम गर्न हामी चुकेका छैनौ भन्ने लागेको छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम