६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

२८ फाल्गुन २०७८, शनिबार १७:१७

फागुन २८, काठमाडौँ । नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध पूर्णिमाको दिनबाट त्यहाँ अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ दिनपछि अर्थात् जेठ २ गतेबाट नै उडान–अवतरण गर्ने गरी काम गरिरहेको जनाएको छ । 

उक्त विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान–अवतरणका लागि काम भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल हो । यस विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सकिने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवामा आगामी बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी काम सुरु भएको छ, सम्भवतः तोकिएकै समयमै काम सुरु गर्छौँ ।”

पछिल्लो सयम नेपाल नागरिक उड्डयन प्राधिकरणको भैरहवा विमानस्थल सञ्चालनको तयारीका लागि आवश्यक पर्ने कामध्यान केन्द्रित भएको र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले अब सहजै अनुमति पाउने भएका छन् । 

सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् । विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अब चाँडै गौतमबुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ । उक्त तयारीअनुसार विमानस्थलले अबको कम्तीमा पनि दुई साताभित्रै नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रमाणपत्र पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश