२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

१ चैत्र २०७८, मंगलवार ०३:००

चैत १, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताउदै  चैत्र १ मंलबारबाट ठप्पै गराउने निर्णय गरेको बताए ।

हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीका अनुुसार “लामो समय देखि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको ,जति ज्ञापन पत्र बुझाउदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएको, बाढी गएको ९ महिना बितिसक्दा पनि राज्यको ध्यान नपुगेको , राज्यको ध्यान नपुगेसम्म सबै काम बन्द गर्ने निष्कर्ष छ । ”


कार्यक्रममा सांसद शेरबहादुर तामाङ , नेकपा  एमालेका पुर्व अध्यक्ष हस्त पण्डित, नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकूष्ण देउजा , मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल , वडाध्यक्ष लगाएतका जनप्रतिनिधिहरुको उपस्थितमा सो निर्णय भएको नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकृष्ण देउजाले बताए ।

यस अघि पनि समितिले विभिन्न माग अगाडि सादै चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली