2026-09-12 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धको बहानामा मूल्यवृद्धि गरिएकामा आपत्ति

चैत १, झापा । रुस–युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेललगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै जिल्लास्थित उपभोक्ता जागरण अभियानले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस–युक्रेन युद्ध र त्यसले पारेको असरले डलर र पेट्रोलियम पदार्थमा  मूल्यवृद्धि हुँदा विश्व नै महँगीको चपेटामा परेको उल्लेख गरिएको छ । 

अभियानका जिल्ला अध्यक्ष मोहनकाजीको  हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि गरिएकाले आम जनगुनासोलाई मध्यनजर गर्दै सरकारी अनुगमन संयन्त्रलाई परिचालन गरेर महँगी नियन्त्रण र बजारलाई स्वच्छ बनाउन अनुरोध गरिएको छ । पत्रमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गराउन र त्यसो नगर्नेलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ । 

अधिकांश व्यवसायीले इस्टिमेट बिल प्रयोग गर्दै आएका र त्यसमा बिक्रेता, वस्तु, मात्रा र दररेट उल्लेख नभएकाले अविलम्ब बन्द गराउन माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालले ध्यानाकर्षण पत्र बुझ्दै स्थानीय तहले बजार अनुगमनमा ध्यान नदिइरहेको बेला अभियानले सुरु गरेको कामलाई प्रशासनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता