कोभिड–१९"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कोभिड–१९"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बढ्यो रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात

३ चैत्र २०७८, बिहीबार ०६:२८

चैत ३, काठमाडौँ । रसुवागढी नाकाबाट नेपाल भित्रने  चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण  बढ्न थालेको हो ।

कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी  र  सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो  । 

दैनिक नौ  कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारीदिनुभयो । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयातहुने मालसामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन् ।

 नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर  रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्वता गरिसकेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण पश्चात् सामग्री आयातमा कमि हुँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र आयात सामग्री पल्टिगर्ने मजदूरसमेत उत्साहित बनेका छन् । दैनिक  १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टिहुने र ५०÷६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने बताइएको छ ।

विसं २०७२ को मङ्सिरदेखि केरूङबाट पल्टि गरिँदै आएको चिनियाँ सामग्री कोरोना सङ्क्रमण बढेसँगै  मितेरी पुलबाट मानिस आवतजावत् समेत बन्द हुँदा चिनियाँ पक्षले एकतर्फी रूपमा रसुवागढीमै उपलब्ध गराउँदै आएको छ । कोरोना सङ्क्रमण पश्चात पहिलो चरणमा तीन  दोस्रोमा छ तेस्रोमा नौ वटाहुँदै पछिल्लो समय स्थानीय प्रशासनको मैत्रीबार्ता मार्फत बुधवारदेखि चिनियाँ ठुला १४ कन्टेनरमार्फत चिनियाँ  सामग्री रसुवागढी आउन थालेको हो ।

चिनियाँ भूभागको ढुवानीकर्ता मुसा ट्रान्सफरका प्रबन्ध निर्देशक झ्याङ्सीपिङले  नेपाली व्यवसायीको माग बमोजिम चीनको उत्पादक कम्पनीबाट रसुवागढी सम्म सामग्री ढुवानी कार्यलाई छिटोछरितो गरिरहेको र आगामी दिनमा नेपाल पठाउने सामान ढुवानीमा पहिलो प्राथमिकता दिने बताउनुभयो ।

उहाँले चिनियाँ सामग्री नेपाल पठाउन अन्यत्रको मार्ग लामोहुने र रसुवागढीको मार्ग अत्यन्तै सरल एवं छोटो भएका कारण उत्पादित कम्पनीबाट आफ्नो कम्पनीले ढुवानीका लागि जिम्मा लिने सामग्री सुरक्षित पार्न जिलुङ् प्रान्तको केरूङमा आफूले पहिला देखिनै गोदाम तयार गरिराखेको जानकारी दिनुभयो ।

यसैगरी चिनियाँ सामानको आयात बढाउन रसुवाका प्रजिअको प्रयास स्वागतयोग्य भएको व्यवसायीले जनाएका छन् ।  व्यवसायी धर्म पौडेलले नेपाल राष्ट्र बैंकको जारी नयाँ नीति बमोजिम लत्ताकपडा, जुत्ता, चप्पल, कस्मेटिक जस्ता वर्गिकृत ४७ प्रकारका सामग्री  आयात गर्दा एलसी खोल्नुपर्ने प्रावधानले वर्तमान अवस्थामा आयात कमि भइरहेको बताउनुभयो ।

 आयात हुने सामग्रीमा साना तथा ठूला सवारी साधन, नेपालमा सञ्चालित जलविद्युत्का उपकरण, जुत्ता, चप्पल, तयारी पोसाक, इलेक्ट्रोनिक सामग्री, रोलकपडा, थर्मस, बच्चाका खेलौना, ओखर, स्याउ, लसूनसमेतका विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले  जनाएको छ । 

चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्म  भन्सार शुल्कबापत रू पाँच अर्ब १५ करोड ७७ लाख ३१ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिनुभयो ।

प्रमुखभन्सार अधिकृत डा रामप्रसाद मैनालीले चीनबाट आयात भएका सामग्री छिटोछरितो परीक्षण एवं जाँचपास गर्न भन्सार प्रशासन तयार रहेको जानकारी दिनुभयो । उहाँले स्याउ, अदुवा, लसुन जस्ता वस्तुको जाँचपासमा पहिलो प्राथमिकता र अन्य सामानको हकमा क्रमबद्व रूपले छिटोछरितो जाँचपास गरिँदै आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी