महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइ"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

३ चैत्र २०७८, बिहीबार ०८:४५

चैत ३, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।

महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ । 

बैंङ्लोरमा साताको मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ ।

नयाँ दिल्लीमा दैनिक दुई उडान

महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।

जापानको नारितामा साताको दुई उडान

नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 

नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गर्नुभयो । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मङ्गलबार र शुक्रबार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ । 

अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

बैंककमा पनि साताको दुई उडान

नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य