Skip to content
Friday, July 17, 2026 Nepali Online Media

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ४, बनियानी । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।

गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा गए राति मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।