2026-10-12 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीका सबै स्थानीय तहकाे ५५ प्रतिशत बजेट सडक सञ्जालमा खर्च

विशाल बस्नेत । चैत ४, महोत्तरी । जिल्लाको एक तथ्यांकअनुसार महाेत्तरीका सबै पालिकाहरूको कुल बजेटको करिब ५५ प्रतिशत बजेट सडक सञ्जालमा नै खर्च भएको देखिएको छ । यति धेरै खर्च हुँदा पनि प्रत्यक्ष जनसरोकारसँग जोडिएका सडक सञ्जाल भने कमै छन । 

गौशाला नगरपालिकाको  औरही पुलदेखी-गौशाला मरहा पुलसम्म बनेको करिब सात किलोमिटर सडकले स्थानीय सरकारको कार्यकालभरि कै नमुना कामको पहिचान बनाएको छ । करिब तीन  करोड लगानीमा बनेको यस कालोपत्रे सडकले चारवटा वडाका ३० हजार जनसंख्यालाई विकटताबाट उद्धार गरेको छ । 

वडा न.१, ३, ४, ६ लाई छोएको सडक सञ्जाल नगरपालिकाको मूख्य सडकसम्म मात्र जोडिएको छैन, किसानहरूका उत्पादित वस्तुलाई स्वेच्छाले बर्दिबास तथा लालबन्दीसम्म  पुगेर बेच्नका लागि सहज बनाइदिएको छ ।

`जताततै सडक सञ्जाल बनाएर मात्र विकाश हुने होइन, त्यसकाे उपयोगिता जनतालाई कसरी राहत दिइरहेको छ भन्ने मूख्य विषय हो,´ नगरपालिकाका नगरप्रमुख सिवनाथ महतो बताउँछन् ।

हुन त स्थानीय सरकारको कार्यकालभरिको उन्नतिलाई हेर्ने हो भने अन्य पालिका जस्तै यहाँ पनि अधिकतम बजेट सडक सञ्जाल विस्तार गर्नमा नै खर्च भएको छ । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको सुरुको वर्षमा खासै सडक सञ्जाल  विस्तारमा ध्यान नदिए पनि दोस्राे आर्थिक वर्षवाट सडक निर्माणमा ठूलो रकम खर्च भयो । पाँच वर्षसम्म आइपुग्दा लगभग ३० करोड रकम सडक सञ्जालमा नै खर्च भएको छ ।

अहिलेसम्म आइपुग्दा पालिकामा करिब ३० किलोमिटर सडक ढलान भएको छ भने यो आर्थिक वर्षसम्म गरेर लगभग ११ किलोमिटर कालोपत्रे सडक बन्दै छ । सबै आर्थिक वर्षमा भएका कामहरूलाई जोड्ने हो भने २० किलोमिटरको हाराहारीमा सडक स्त्तरोन्नति तथा  विस्तारका काम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत