२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट दौडेरै झापाको दमक, ५८ घण्टामा ४०८ किलोमिटर दौडिए

५ चैत्र २०७८, शनिबार ०९:५३

चैत ५, झापा । दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चहान्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् । 

उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै  दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आयो । काठमाडौं टु दमक म्याराथन गर्ने,’ राई भन्छन्, ‘कुनै न कुनै दिन यो सोच पूरा गरेर नयाँ कृतिमान राख्छु भन्नेमा थिएँ ।’

लक्ष्यअनुसार उनले दुई वर्षदेखि दैनिक दुई घण्टा अभ्यास गर्दै आएका थिए । उनको यही पूरानो सपना शनिबार साकार भएको छ । उनले काठमाडौंको दशरथ रंगशालादेखि दमकसम्मको ४०८ किलोमिटर दूरी दौडेरै पार गरे । यसका लागि उनलाई ५८ घण्टा २५ सेकेन्ड लागेको छ । ‘खेलबाटै केही गर्न सकिन्छ भन्ने मेरो लक्ष्यमा आज एउटा इँट्टा थपेको छु । पाँच दिनमा काडमाडौँदेखि दौडेर झापासम्मको यात्रा पूरा गरेँ,’ उनले भने, ‘यति लामो दूरी म्याराथन गरेर पार गर्नु एउटा रेकर्ड हो । अहिलेसम्म कसैले पार गरेको छैन ।’

३० फागुन बिहान काठमाडौंबाट हिँडेका उनी शनिबार दमक आइपुगे । ‘स्वास्थ्यका लागि दौड राम्रो हो,’ उनी भन्छन्, ‘राष्ट्र चिनाउने माध्यम पनि खेलकुद हो ।’ व्यक्तिले नै यति ठूलो आँट र सहास गर्दा पनि राज्य पक्षबाट सहयोग नपाएको उनको गुनासो छ । ‘मलाई विभिन्न संघसंस्थाले दमकसम्म दौडन सहयोग गरे । तर, सरकारी पक्षबाट केही सहयोग भएन,’ उनी भन्छन्, ‘यसले राज्य पक्ष खेलाडीका लागि उदार छैन भन्ने देखाउँछ ।’


उनले गृह मन्त्रालयबाट स्वीकृति लिएर दौड सुरु गरेका हुन् । ‘गृहबाट स्वीकृति लिएकाले प्रहरीले ठाउँठाउँमा स्कर्टिङ चाहिँ गर्याे,’ उनले भने ।' दौडने क्रममा उनले निकै समस्या पनि भोगे । उनको स्वास्थ्यमा कठिनाइ आयो । ‘खुट्टामा धेरै नै समस्या आयो । तर, मैले हिम्मत हारिन,’ उनी भन्छन्, ‘हिम्मत र उत्साहले नै ४०८ किलोमिटरको दौड पूरा गरेँ । आँट गरे सकिने रहेछ भन्ने उदाहरण भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ