भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्"/>
२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा

६ चैत्र २०७८, आईतवार ०८:५८

चैत ६, काठमाडौँ । नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ । 

भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रुपन्देहीको मैनहिया सवस्टेशनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सवस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । 

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ टावरमध्ये ४४ को जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरण आयोजनास्थलमा ल्याइसकिएको प्राधिकरणको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन गरी आयोजनाको काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छ । 

अनुमगन टोलीले नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि यो लाइन महत्वपूर्ण रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई आग्रह गरेको थियो । नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौं बैैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया, भारत) सवस्टेसनमा जोड्ने निर्णय गरेको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्तर प्रदेशसँग ३३ केभी क्षमताको मात्र प्रसारण संरचना रहेकाले आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताउनुभयो । “नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत् उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्वपूर्ण छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबीचको विद्युत् व्यापार थप सहज र विस्तार हुनेछ ।” 

आयोजनाको कूल लागत ८० लाख अमेरिकी डलर रहेको छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमाविन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ । भारततर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३÷४ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाका प्रमुख हरि पाण्डेले जानकारी दिनुभयो । सो कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको उहाँको भनाइ छ । 

बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा 

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । कूल १८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ टावरमध्ये ५५ वटाको निर्माण सम्पन्न भएको छ । यस्तै १० किलोमिटर तार टाङ्गिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ ।

मैनहिया सबस्टेसनमा राखिने १३२÷३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सवस्टेशन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु