चैत ७, मोरङ । लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, मोरङ । लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकाय"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेटाङ घटनाबारे बुझ्न मोरङका सिडिओ घटनास्थलमा

७ चैत्र २०७८, सोमबार ०९:१६

चैत ७, मोरङ । लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घटनास्थलमा आएको बताए । 

सिडिओ दाहालले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा स्थानीयसँग घटनामा संलग्नलाई कारबाही गर्न सहजीकरण गर्न अनुरोध गरे । 'जे नहुनु थियो त्यही भयो । यसमा दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ । त्यसका लागि तपाईहरूले सहजीकरण गरिदिनुपर्‍यो भन्नु भएको छ,' वडाध्यक्ष मगरले भने

लेटाङमा साेमबार बिहानदेखि लगाइएको कर्फ्यू हटाउने विषयमा पनि सिडिओ दाहालले जनप्रतिनिधिसँग छलफल गरेका छन् । 'कर्फ्यूलाई कसरी हटाउन सकिन्छ ? त्यसका लागि कसले के गर्नुपर्छ, आफ्नो भूमिका अनुसार प्रस्तुत हुनुपर्यो भन्नुभयो,' वडाअध्यक्ष मगरले भने

कर्फ्यू  लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ । स्थानीय निकै त्रसिद बनेका छन् । प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

लेटाङको शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गर्दै विरोध प्रदर्शन गरेका थिए ।

शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरीले लैजाने क्रममा स्थानीयल अवरोध गरेका थिए । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गरिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ