2026-10-26 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएको विवाद सल्टियो, दुई जना अध्यक्ष बन्ने सहमति

चैत ८, काठमाडौँ । गैरआवासीय नेपाली संघ ‘एनरआएनए’को विगत ६ महिनादेखिको विवाद समाधान भएको छ । सहमतिको प्रयाससहित गएराति भएको दुई पक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति सहित विवाद टुङ्ग्याइएको हो । ‘विवाद टुङ्ग्याइएको छ । अब बिधान संसोधन गरेर सहमति अनुसार एनआरएनए अघि बढ्ने बताइएको छ ।

एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने बताए । यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिकको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ । 

संस्थापनले प्रतिनिधिमा छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद रहँदै आएको थियो । विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो । 

एनआरएनएको गयराती भएको सहमति अनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ । सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने