हिजो मंगलबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
चैत ९, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो मंगलबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ११०० रुपैयाँले घटे हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।