वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् नेपालको वैदेशिक व्यापार नाफा भएका २८ राष्ट्र

९ चैत्र २०७८, बुधबार १०:४१

चैत ९, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १५९ देशसँग रहेको छ । 

वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

नेपालको व्यापार नाफा रहेको राष्ट्रमा डेनमार्क, कम्बोडिया, अल्जेरिया, नाइजर, गुयना, न्यु सेलेडोनिया, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माल्टा, यमन, अर्मेनिया, मोनाको, जाम्बिया, ट्रिनिडाड एण्ड टोबागो, माल्दिभ्स, जर्जिया, मौरिसस्, अजरवैजान, फिजी, जमैका, आइसल्याण्ड, माइक्रोनेसिया, कंगो, क्रोएसिया, बरमुडा, सेनेगल, घाना र सेन्ट हेलेना रहेका छन् । 

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग रहेको छ । पछिल्लो आठ महिनामा डेनमार्कसँग नेपालको व्यापार नाफा १४ करोड १९ लाख १४ हजार रुपैयाँ रहेको छ । 

नेपालको दोस्रो ठूलो व्यापार नाफा कम्बोडियासँग १३ करोड ७२ लाख २२ हजार रुपैयाँ रहेको छ । अल्जेरियासँग नेपालको व्यापार नाफा ६ करोड ४६ लाख ८० हजार रुपैयाँ रहेको छ । 

भन्सार विभागका अनुसार गुयनासँग २ करोड ४२ लाख ४९ हजार रुपैयाँ, न्यु सेलेडोनियासँग २ करोड २३ लाख १५ हजार रुपैयाँ, अफगानिस्तानसँग १ करोड ३६ लाख ८० हजार रुपैयाँ, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग ९८ लाख ४४ हजार रुपैयाँ, माल्टासँग ७९ लाख ४७ हजार रुपैयाँ, यमनसँग ७९ लाख ४७ हजार रुपैयाँ र अर्मेनियासँग ४८ लाख ९५ हजार रुपैयाँ व्यापार नाफा रहेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । 

पछिल्लो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा