2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बफेली हाइड्रोपावरको १६ चैतमा आईपीओ निष्कासन गर्ने

चैत १०, काठमाडौँ । बफेली हाइड्रोपावर कम्पनीले यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बफेली हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

१६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ। कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीको आइपीओ मध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ ।

२०१७ सालमा स्थापना भएको बफेली हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक