2026-09-22 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल: मुम्बईमाथि दिल्लीको सानदार जित

चैत १३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ । 

घरेलु रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 

दिल्लीको जितमा ललित यादव र अक्षर पटेलले ७५ रनको महत्त्वपूर्ण साझेदारी गरे । दिल्लीका लागि ३८ बल सामना गरेका ललितले ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन जोडेका थिए ।

अक्षर पटेलले १७ बलमा २ चौका र ३ छक्कासहित अविजित ३८ रनको आक्रामक इनिङ खेले । त्यसअघि पृथ्वी सह ३८, टिम सेफर्ट २१ र शार्दूल ठाकुर २२ रन बनाएर पेभेलियन फर्केका थिए । 

मुम्बईका लागि बसिल ताम्पीले ३, मुरुगान आस्विनले २ र टाइमाल मिल्सले १ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि ईशान किशनले ४८ बलमा ११ चौका र २ छक्कासहित ८१ रनको अविजित इनिङ खेलेका थिए । 

त्यसअघि कप्तान रोहित शर्माले ४१ रन बनाएर बाहिरिएका थिए । दिल्लीका लागि खलिल अहमदले २ तथा कुलदिप यादवले ३ विकेट लिएका थिए ।

आइतबार हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र पन्जाब किङ्ग्स खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो