१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले भोट हाल्न पाउने

१४ चैत्र २०७८, सोमबार ०३:१२

चैत १४, खोटाङ । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी ३० वैशाखमा तोकिएको निर्वाचनमा जिल्लाका पुरुष मतदाता ७५ हजार ६ र महिला मतदाता ६८ हजार ७४६ ले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । 

निर्वाचन आयोगले २९ बैसाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली आइतबार टुंग्याएको हो । आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ४९५, केपिलासगढी गाउँपालिकामा १० हजार ८३८, खोटेहाङ गाउँपालिकामा १५ हजार २४५, जन्तेढुंगा गाउँपालिकामा १० हजार २१३, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ हजार ४३१ मतदात छन् । 

यस्तै, बराहपोखरी गाउँपालिकामा ९ हजार ३६४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, रावाबेँसी गाउँपालिकामा ९ हजार ६१८, साकेला गाउँपालिकामा ८ हजार ५४८ र हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता कायम भएको आयोगले जनाएको छ । 

१३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिए 

आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगले ऐसेलुखर्क गाउँपालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र, केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र, जन्तेढुंगा गाउँपालिकामा १२ मतदान स्थल र १५ मतदान केन्द्र, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र तोकेको छ । 

यस्तै, बराहपोखरी गाउँपालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदान स्थल र ४४ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदान स्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र तथा हलेसी तुवाचुङ नगरपालिकामा१८ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार