चैत १४, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका—९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस भएका थिए । बेहोस भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइएको केही समयमै अस्पताले मृत घोषणा गरेको थियो ।

श्रीमती, छोरा, छोरी र ज्वाइँसहित उनी पाथीभरा मन्दिरमा पूजा गर्न पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

ढुंगाना दमको रोगबाट ग्रसित व्यक्ति हुन्। उनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए ।

ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते

ताप्लेजुङको पाथीभरामा मन्दिरमा पूजा गर्न आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते भएका छन् । को१ज २८४६ नम्बरको ट्याक्सी पाँचथरको फिदिममा दुर्घटना हुँदा तीर्थयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तीर्थयात्री इटहरीबाट ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजा गर्न लागि जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्सीमा ११ जना तीर्थयात्री सवार थिए ।

जिल्ला अस्पताल पाँचथरमा ६ जना र समर्पित अस्पतालमा पाँच जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पाथीभरामा तीर्थयात्रीको मृत्य
Leave a Comment