2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी मनि ट्रान्सफर सञ्चालक, जसले विदेशीको पैसा झ्वाम पारे

चैत १५, काठमाडौं । घर बनाउन लिएको अढाइ लाख रूपैयाँ ऋण तिर्न पाँचथरको तुम्बेवा-२ मेवा घर भइ साउदीमा रहेका उज्वल तामाङले २०७६ को कात्तिकमा मनि ट्रान्सफर गरेर ३ लाख रूपैयाँ पठाए ।

श्रीमतीलाई पैसा लिन पठाए-मौवा बजारमा । तर, १० हजार पाए । बाँकी पाएनन् । 

मनि ट्रान्सफर सञ्चालक खेम खत्रीले भने, ‘अहिले सबै पैसा छैन, केही दिनमा आउनू, अलिक पछि बाँकी दिन्छु ।’ फेरि गइन् तर पाइनन् । नपाएपछि उनी रिसाइन् र भनिन्, ‘पैसा किन छैन भन्दै हुनुहुन्छ तपाईं ? कसरी छैन पैसा ? 

खत्रीले जवाफ दिए, पैसा लिन जान पाएको छैन । र, लेखिदिए भिजिटिङ कार्डको पछाडिपट्टि- ‘सयकडा दुईले ऋण चलाएको छु ।’

यसको केही दिनमै उनी मनि ट्रान्सफरमा देखिन छाडे । हालसम्म उनी कहाँ छन् भन्ने पत्तो छैन । 

उज्वलको मात्र होइन, खत्रीले तुम्बेवा–१ का भलुराम तामाङको पाँच लाख रूपैयाँ र तुम्बेवा–२ चुवाडेका युद्धबहादुर तामाङको पनि ४ लाख रूपैयाँ ऋण चलाएका थिए । तर, उनीहरूले खत्री नदेखेको तीन वर्ष नाघ्यो ।मौवा बजार जाँदा खत्रीका घर पुग्छन् तर सुनसान देखेपछि फर्किन्छन् । 

यी तीनजना बाहेक मौवा बजारका अन्य मानिसहरू पनि खत्रीबाट ठगिएका छन् । उज्वलका श्रीमती काठमाडौं आएर महानगरीय अपराध महाशाखामा खत्रीविरुद्ध ठगी मुद्दामा किटानी जाहेरी दिएकी छिन् तर महाशाखाले नियन्त्रणमा लिन सकेका छैनन् । महाशाखाका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रहरीले खत्रीलाई खोजतलास गरिरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक