2026-09-22 02:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप–२०२२ का लागि एसियाबाट चार टोलीको टुंगो, अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने

चैत १६, काठमाडौं ।  कतार विश्वकप–२०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ । आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ । 

एसियाबाट इरान र दक्षिण कोरिया तथा साउदी अरबिया र जापानले भने छनोट चरणबाट सिधै विश्वकपमा स्थान बनाए । 

अब, प्लेअफबाट एक टोलीको सम्भावना रहँन्छ । त्यसका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । एसियाबाट दुई समूहका तेस्रो स्थानमा रहने दुई उत्कृष्ट राष्ट्रले पहिलो चरणको प्लेअफ खेल्नेछन् । 

जहाँ अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतिस्पर्धा गर्नेछन् । खेल दोहामा ७ जुनमा हुनेछ । यसको विजेताले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । जहाँ दक्षिण अमेरिकी छनोटको प्लेअफ टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

यस खेल १३ अथवा १४ जुनमा दोहामै हुनेछ । दक्षिण अमेरिकी प्लेअफबाट पेरुले विश्वकप छनोटका लागि प्रयास गर्नेछ । यसको विजेता विश्वकपमा स्थान बनाउन सफल हुनेछ । 

यसअघि एसिया छनोटको तेस्रो चरणमा रहेका १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए बाट इरान र कोरियाले स्थान बनाउँदा समूह बी बाट साउदी अरबीया र जापाले स्थान बनाए । 

तेस्रो चरणबाट इराक, सिरिया, लेवनान, ओमान, चिन र भियतनाम भने अगाडि बढ्न सकेनन् । 

हालसम्म एसियाबाट दक्षिण कोरियाले ११ पटक विश्वकप खेलिसकेको छ । यस्तै जापानले ७ पटक विश्वकपमा सहभागीता जनाउँदा इरान र साउदी अरबले समान ६ पटक खेलेका छन् । यस्ता अष्ट्रेलियाले पाँच पटक खेल्दा उत्तर कोरियाले दुई पटक खेलेको छ । 

यस्तै इन्डोनेसिया, इजरायल, कुवेत, इराक, यूएई, चिन र कतारले समान एक एक पटक विश्वकपमा आफ्नो सहभागिता जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो