चैत १७, काठमाडौँ । त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितको खोजीमा छ ।

पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित भएको थियो ।

पीएनजी शृंखलामा पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाललाई नतिजा सुम्पिएको उसले दोस्रो खेलमा मलेसियासँग आठ रनले पराजित भएको थियो ।

दुई खेलमा शीर्ष स्थानको नेपालको चार अंक छ भने समान दुई खेलमा दोस्रो स्थानको मलेसियाको दुई अंक छ । पीएजनी भने अंकविहीन छ ।

पीएनजीविरुद्धको खेलसँगै नेपालका आदिल खानले सिनियर टोलीबाट डेब्यु गर्दै छन् । पछिल्लो दुई खेलमा अवसर पाएका कुशल मल्ललाई भने बिहीबार आराम दिइएको छ ।