२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैरहवा सेजमा माग भन्दा धेरैको आवेदन, सात अर्ब लगानी थपिने

२१ चैत्र २०७८, सोमबार ०५:१०

चैत्र २१, भैरहवा | रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागभन्दा बढीले आवेदन दिएका छन् ।

केही वर्षदेखि खाली रहेका सेजको प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । ४५ प्लटमा उद्योग सञ्चालनका लागि १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा ५५ वटा प्लटका लागि आवेदन आएको छ । सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले मागभन्दा बढी उद्योगीले अहिले उद्योग स्थापनाका लागि चासो दिएको बताए । अहिले प्रावधान सहज बनाएकोले उद्योगीको आकर्षण बढेको उनको दाबी छ ।

'६८ वटा प्लटमध्ये खाली प्लटका लागि आवेदन माग गरेकोमा आह्वान भन्दा बढीले  प्रस्ताव आवेदन दिएका छन । यो अहिले सम्मकै उत्साहजनक आवेदन हो,' उनले भने । 

सेजमा सात उद्योग सञ्चालनमा छन् । ५५ उद्योगले ७ अर्ब बराबरको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्बको हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन्। 

प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आर्कषण बढेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए । भाडादर, निर्यात सिलिङ लगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको हो ।

निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ संचालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र (सेज) अनुसार अहिले माग भएर आएका आवेदनमा १ अर्ब २५ करोड लगानी गर्ने प्रस्ताव बिएण्डपी म्यानुफ्याक्चरिङले गरेको छ ।

सूर्य रंग हाउस प्रालिले १२ करोड लगानी प्रस्ताव गरेको छ। यसका अलावा स्टिल, ढुंगाका मूर्ति बनाउने स्टोन उद्योग, प्लाष्टिक उद्योगहरुले पनि प्रस्ताव दिएका  छन्।

रुपन्देहीको रोहिणी गाउपलिका-१ वगहामा अवस्थित सेजमा ७ वटा उद्योग सञ्चालनमा छन्, केही उद्योगले विगत चार वर्षदेखि निर्यात पनि गरिरहेका छन् ।

सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनि, पंचकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोथियो भने अहिले घटाएर हाल घटाएर ६० प्रतिशत छ । 

विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा उनि समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरि १७ किसिमका उद्योगहरु सेजमा रहने व्यवस्था छ । ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको छ । 

विशेष आर्थिक क्षेत्र भैरहवाको कम्पयुटर अपरेटर निरा भट्टराईका अनुसार सबस्टेशन बनाउन टेण्डर आह्वान, एकद्वार अन्तर्गत भन्सारको काम प्रक्रियामा छ, भने परिसरमा हाल बैंक, बिमा, हुलाक लगायतका सेवा कार्यालय छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य