६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धरहरा चढेर काठमाडौँ सहर नियाल्न अब कति समय लाग्छ ?

२१ चैत्र २०७८, सोमबार १५:५२

चैत २१, काठमाडौँ । धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् ।

गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गर्नुभएको थियो । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ । 

उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो । गोर्खा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको सुरुआत विसं २०७५ पुस १२ मा भएको हो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । 

चौथो पटक थप समयको माग 

यस ऐतिहासिक सम्पदा पुनः निर्माका लागि तेस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले चौथो पटक थप समय माग गरेको छ । तेस्रो पटक थपिएको समय यही चैत मसान्तमा सकिन्छ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पूर्णरूपमा काम सम्पन्न हुन अझै समय लाग्ने भएपछि समय थप्न आग्रह गरिएको हो । 

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनःनिर्माण लागि पुनः चौथो पटक समय माग गरिएको हो ।  


नेपाली र केही भारतीय नागरिकसहित दैनिक २२० जना कामदारले अहिले नियमितरूपमा निर्माण कार्यमा जुटिरहेका छन् । धरहरा निर्माणको मुख्य काम सकिए पनि सौन्दर्य अभिवृद्धि र पार्किङको काम बाँकी भइरहेको छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् । 

धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको  सुविधा हुनेछन् । गोस्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइसकिएको छ । पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेना गृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।  

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । त्यहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । 

विगतको ११ तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तला रहेको थियो ।  ऐतिहासिक धरोहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश