२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको सान प्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने

२२ चैत्र २०७८, मंगलवार ११:४७

चैत्र २२, काठमाडौं | अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए । 

परेड मूल आयोजक समितिका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेका पनेरुले नेपालको पहिचान अमेरिका सामु गराउन कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा हुनलागेको परेडले नेपाल चिनाउनका साथै नेपालको पर्यटनलाई सघाउने उद्देश्य रहेको उनी बताउँछन् । परेडले नेपाललाई पर्यटन गन्तव्यको रूपमा विदेशीलाई आकर्षण गर्ने अपेक्षा आफूहरूको रहेको उनले बताए ।

गैर आवासीय नेपाली संघ अमेरिकाको वेस्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सक्रियतामा हुनलागेको कार्यक्रममा क्यालिफोर्नियाका ५० भन्दा धेरै संस्था आबद्ध रहेका छन् ।

'परेडमा  विभिन्न जातजातिका भेसभुसा र झाँकीसहित लाखे नाच र पन्चे बाजा बजाइने छ । परेडपछि अप्रिल ९ को साँझमा सांस्कृतिक कार्यक्रम गरिने छ । जसमा सुप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने छ,' पनेरुले भने ।

अमेरिका विभिन्न राज्यबाटसमेत बाक्लो उपस्थिति रहने परेड आफैँमा एक उत्सव भएको उनले बताए। समितिका संयोजक वेस्ट रिजन चेअर  श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था समन्वय समितिका सभापति उत्तम कार्कीले आफूहरू जहाँ रहे पनि नेपालको माया सधैँ मनमा रहने प्रेस वक्तव्यमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य