Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

क्लब भलिबल लिग वैशाख १८ देखि

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत्र २२, काठमाडौं | आरबिबि-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता वैशाख १८ देखि हुने सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

वाणिज्य बैंकले प्रायोजन स्वरूप भलिबल संघलाई अठार  लाख रुपैयाँ दिनेछ यसअघिका प्रतियोगिता आयोजना गर्न बैंकले संघलाई  १० लाख र १२ लाख रुपैयाँ प्रदान गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भलिबललाई निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

'भलिबल भन्ने बित्तिकै हाम्रै हो भन्ने भावना आउँछ । बैंकले निरन्तर भलिबललाई सहयोग गर्ने प्रतिबद्धता गर्दछु,' श्रेष्ठले भने ।

राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिता एक टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

वैशाखमा हुने लिगमा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब र एभरेस्ट स्पोर्ट्स क्लब गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब गरी सात टोली छन् ।

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरूले लिगमा प्रतिस्पर्धा गर्न लागेका हुन् । क्लब च्याम्पियनसिपको महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो ।

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक पुरस्कार राशिमा पनि वृद्धि भएको आयोजकले बताएको छ ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।