३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मछिन्द्र क्लबले नपाएको मेसौके

२३ चैत्र २०७८, बुधबार ०८:२६

चैत्र २३, काठमाडौं | राष्ट्रिय टोलीका अधिकांश र नेपालमा उपलब्ध उत्कृष्ट विदेशी खेलाडी प्रेरित मछिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन भयो । पाँचौं चरणमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्रले एएफसी कप–२०२२ प्लेअफका लागि छनोट हुने लगभग छाँट देखायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नियमअनुसार यस पटक शीर्ष डिभिजन लिगको सातौँ चरण सकिँदा शीर्षस्थानमा रहने टोलीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने थियो । सातौँ चरण सकिँदा शीर्षस्थानमा रहेको मछिन्द्र अन्तिमसम्म आइपुग्दा दुई खेलअघि नै लगातार लिग जित्न सफल भयो । 

एएफसी क्लब लाइसेन्स भएका कारण मछिन्द्रले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्ने अवसर पायो । उसले प्रतिद्वन्द्वी पायो श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार एससी । फिफा वरीयतामा श्रीलंकाभन्दा नेपाल बलियो रहेका कारण मछिन्द्रले घरेलु मैदानमा ब्लु स्टारलाई स्वागत गर्‍याे । 

तर, कमजोर मानिएको ब्लु स्टारले मंगलबार भएको पहिलो प्ले अफमा मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्यो । घरेलु मैदानमा मछिन्द्र २–१ अन्तरले पराजित भयो र समूह चरण खेल्ने सपना साकार पार्न सकेन । खेल सुरु भएको केही मिनेटमै मछिन्द्रले आक्रामण बुन्ने प्रयास गर्‍यो । तर, सफल भएन । मछिन्द्रको सुरुवाती "पेस" का कारण ब्लु स्टारले रक्षात्मक खेल खेल्यो । यस्तो अवस्थामा उसले मानसिक गेम खेल्यो र गोल पनि गर्‍यो । 

हुन त मछिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठले आफ्नो जादू नदेखाएका पनि हैनन् । ब्लु स्टारले पेनाल्टीमार्फत अग्रता बनाउने प्रयासलाई असफल पारिदिए । तर, ब्लु स्टारका मोहमेद इसान र सेनाल सन्देशलाई मछिन्द्रका रक्षकले रोक्न नसक्दा मछिन्द्र घरेलु मैदानमा निराश बन्यो । खेलको अन्त्यतिर कप्तान सुजल श्रेष्ठले गोल गरे पनि त्यो खेल जित्न पर्याप्त थिएन । 

खेलमा मछिन्द्रले केही अवसर बनायो पनि । तर, एक दर्जनभन्दा बढी मछिन्द्रको आक्रामण प्रयास सफल भएन । २-३ राम्रा बल पोलमा ठाेक्किन पुगे । मछिन्द्र खास फाइनल टचमा पुगेर असफल भयो । टोली पूर्ण रुपमा फिनिसिङमा चुक्यो । 

हुन त समस्या मछिन्द्रको यो खेलमा मात्र देखिएको हैन । शीर्ष डिभिजन लिग र मोफसलमा समेत देखियो । लिग दुई खेलअघि नै जिते पनि मछिन्द्रले कमै मात्र खेलमा सहज जित पायो । रेलिगेशनमा परेको ब्रिगेड व्बाइज क्लब (बीबीसी)विरुद्ध मात्रै उसले सहज ४-० अन्तरको जित पायो । 

लिग सुरु हुनुअघि नै मछिन्द्रले राष्ट्रिय टोली र केही बाहिर रहेका अग्रपंक्तिमा आधा दर्जन खेलाडी उभ्यायो । तर, सधैँ समस्या फाइनल टचको । जुन समस्या मोफसल र ब्लु स्टारविरुद्ध देखियो । 

यही समस्याको निवारणका लागि उसले मुख्य फरवार्ड नै भित्र्याउने प्रयास गर्‍याे । तर, ब्लु स्टारविरुद्ध सफल भएन । उसले चाहेको थियो, पछिल्लो दुई सिजन घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका क्यामरुन फरवार्ड मेसौके ओलोउमोउ ।

तर, पछिल्लो समय जारी ए डिभिजन क्लब र एनएसएल विवादका कारण मछिन्द्रले उसलाई पाएन । ‘एनएसएलले गर्दा फरवार्ड पाएनौं । त्यो भएको भएर (विवाद) फरवार्ड ल्याउन गाह्रो भयो,’ ब्लु स्टार क्लबसँग पराजित भएपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले भने । 

यसअघि लिग जारी रहँदा नवौँ चरणमा विश्राम भयो । यसपछि क्लब आहारारा गोल्डकप खेल्न मोफसल  गयो । यसक्रममा उसले उही मेसौकेलाई न्युरोड टिम एनआरटीबाट झिकाएको थियो । जहाँ उनको राम्रो तालमेल थियो । गोल पनि गरेका थिए ।  

यसपछि क्लब पदाधिकारी प्लेअफ खेलमा मेसौके झिकाउनेमा ढुक्क थिए । तर, लिग सकिएर मोफसल प्रतियोगिता पूरा नहुँदै ए डिभिजन लिग खेल्ने आठ क्लबले एनएसएल आयोजना र अस्तित्व विषयमा कुरा उठाए । 

फुटबल नियमविपरित मार्की खेलाडी छनोट गरेको, अनुबन्धनमा रहेका खेलाडीको अक्सन नगराउन ए डिभिजन क्लबले माग राखे । तर, चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल आयोजक ‘नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्ट’ पछि हटेन । यसपछि आठबाट चार क्लबमा झरेका ए डिभिजन क्लबले पत्रकार सम्मेलन गर्दै एन्फालाई चेतावनी नै दिए । 

सुरुवाती चरणमा एनएसएल विरोधी बनेको मछिन्द्र एक्कासि ए डिभिजन क्लबको साथ छोड्दै चौधरी ग्रुपतर्फ मोडियो । ए डिभिजन लिगमा लामो इतिहास बोकेका संकटा क्लब, एनआरटी, थ्रीस्टार र कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङले बारम्बार एनएसएल आयोजना र अस्तित्वको विषयमा कुरा उठाए । जसका कारण प्रतियागिता नै नहुने संघारमा पुगेको छ । आयोजकले प्रतियोगिता अनिश्चितकालीन स्थगित गरेको छ । 

यहि विवादका कारण एनआरटीले आफ्ना भरपर्दा फरवार्ड मछिन्द्रलाई दिन मानेन । एनआरटीले फुकुवा नगरेपछि मछिन्द्र उपलब्ध खेलाडीबाट नै ब्लु स्टारविरुद्ध अन्तिम समयमा उत्रन तयार भयो । "गोल गर्ने क्षमता भएका विदेशी खेलाडी नेपालमै दिए । हामीले चाहेको खेलाडी अर्को क्लब (नाम नखुलाइएको)ले फुकुवा गर्न चाहेन । त्यही समस्या भयो," कटुवालले भने । 

पछिल्लो समय घरेलु फुटबलमा मेसौके रुचाइएको फरवार्ड हुन् । संकटा क्लब हुँदै नेपालमा भित्रिएका मेसौकेले एनएसएलमा भने काठमाडौं रेजर्सबाट जादू देखाएका थिए । उनले एक ह्याट्रिकसहित ८ गोल गरे । उनको प्रदर्शन प्रेरित काठमाडौं च्याम्पियन समेत भयो । 

यसपछि लिग हुने टुंगो नलाग्दै एनआरटीले तामझामसहित मेसौके र उनको जोडी खेलाडी स्टेफनलाई दशरथ रंगशालामा सार्वजनिक गर्दै अनुबन्धन गर्‍यो । तर, लिगको सुरुवाती पाँच खेलमा आफ्नो जादू देखाउन नसकेका मेसौकेले पुनः आफू लयमा रहेको जनाउँदै पछिल्ला आठ खेलमा एक ह्याट्रिकसहित सात गोल गरे । 

यता, नेपालमा राम्रो "भाउ" पाएका मेसौकेको पर्खाइमा रहेको मछिन्द्र ब्लु स्टारविरुद्ध पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट