2026-10-26 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्ष १ वैशाखमा अस्ट्रेलियामा आतिशबाजी गर्ने

चैत्र २३, क्यानबेरा | नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिशबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन १ वैशाख अर्थात १४ अप्रिल २०२२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिशबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।

 सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिशबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरूको क्यानबेरामा बाक्लो उपस्थिति रहेको छ । 

अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरू बस्दै आइरहेका छन् ।  तर, भारतसँग सिमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए । त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिशबाजी गर्न लागिएको उनले जानकारी दिए । 

“नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरूको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,” आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले भने, “त्यसैले नेपाली र भारतीय फरक हुन् । हाम्रो आफ्नै संस्कृति छ । चाल चलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिशबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं ।”

१ वैशाखमा आतिशबाजी गर्दै नेपालीहरूको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने