२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्ष १ वैशाखमा अस्ट्रेलियामा आतिशबाजी गर्ने

२०७८, २३ चैत्र बुधबार १२:२०

चैत्र २३, क्यानबेरा | नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिशबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन १ वैशाख अर्थात १४ अप्रिल २०२२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिशबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।

 सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिशबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरूको क्यानबेरामा बाक्लो उपस्थिति रहेको छ । 

अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरू बस्दै आइरहेका छन् ।  तर, भारतसँग सिमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए । त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिशबाजी गर्न लागिएको उनले जानकारी दिए । 

"नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरूको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन," आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले भने, "त्यसैले नेपाली र भारतीय फरक हुन् । हाम्रो आफ्नै संस्कृति छ । चाल चलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिशबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं ।"

१ वैशाखमा आतिशबाजी गर्दै नेपालीहरूको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक