१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार व्यवसायले देशको काँचुली फेर्छ : मानन्धर

२३ चैत्र २०७८, बुधबार १२:४३

चैत्र २३, भक्तपुर | भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार नै सफल जीवनको आयाम भएको बताएका छन् । व्यापार व्यवसाय गर्दा जीवन सबल हुने भन्दै उनले सबैले उद्यमी बन्नुपर्ने बताएका छन् ।

व्यापार व्यवसायबाट घरपरिवारको मात्रै नभई देशले नै काँचुली फेर्ने उनी बताउँछन् । भक्तपुरको सूर्यविनायकमा कार्यालय स्थापना गरी बुधबारदेखि सेवा शुभारम्भ गरेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै उनले सबैले इमानदारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले आफ्नो वडामा मात्र ४४ वटा सहकारी संस्था रहेको जानकारी दिए । नगरपालिकाभरिमा चार सय ४४ वटा सहकारी संस्था रहेका उनले बताए । 

कार्यक्रममा संस्थाका अध्यक्ष गौतम सुजखू, सचिव तीर्थरत्न राजचल, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले साना उद्योगी व्यापारीलाई सहज कर्जा दिई सहयोग गर्न संस्था स्थापना गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल