१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको घटनाबारे छानबिन गर्न समिति गठन

२४ चैत्र २०७८, बिहीबार १३:१६

चैत्र २४, काठमाडौं | बैंककबाट काठमाडौं उड्ने क्रममा रहेको बेला शुक्रबार नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । 

निगमले आफ्नो क्वालिटी एसुरेन्स विभागका निर्देशक विक्रम केसीको संयोजकत्वमा ७ सदस्यीय छानबिन टोली गठन गरेको बिहीबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

"निगमको आरए–४०२ बैंकक काठमाडौं नियमित उडानमा रहेको न्यारोबडी विमान शुक्रबार बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपश्चात् पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक चेकजाँच गरिएको थियो," विज्ञप्तिमा भनिएको छ | "थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको ०४ वटै पाङ्ग्रा फेर्नुपर्ने सुझाव दिएअनुसार फेर्नुपर्ने आवश्यक पाङ्ग्राहरु कतार एयरवेजको विमानमार्फत शनिबारको उडानबाट पठाई आइतबार बिहान बैंकक पुर्‍याएर उक्त विमानको मर्मत गरिएको थियो ।’

विमानमा समस्या आएपछि यात्रुलाई चार दिनपछि काठमाडौं ल्याएको विज्ञप्तिमा जनाइएको छ । 

निगमका अनुसार,रद्द गरिएको उक्त उडानका १ सय ४१ यात्रुहरुलाई चार दिनपछि सोमबार निगमकै नियमित उडानबाट काठमाडौं ल्याइएको थियो । त्यस्तै मर्मत सम्पन्न भएको उक्त विमान निगमको नियमित उडानको रुपमा बुधबार काठमाडौं अवतरण गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल