१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक सय लगानीकर्ता सदस्यबाट ५० करोड लगानी गर्ने अभियान

२६ चैत्र २०७८, शनिबार १२:१७

चैत्र २६,भक्तपुर | मोर्डन यथु फोर सोसाइटी भक्तपुरले मानन्धर समुदायको व्यापारव्यवसाय प्रवर्द्धनका लागि एक गोष्ठीको आयोजना गरेको छ । भक्तपुर जिल्ला मानन्धर युवा संघ र स्काई इन्टरनेशनल ग्रुप प्रालिको सहकार्यमा पूर्व सहरी विकासमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा गोष्ठी आयोजना भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि मानन्धरले पानसमा दीप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गरेका थिए । भक्तपुर कमलववनायकस्थित केभी लञ्ज तथा जगातीको छुयाला पसलको आयोजनामा गरिएको कार्यक्रमको सभापतित्व ग्रहण गर्दै सोसाइटीका अध्यक्ष शिव मानन्धरले नयाँ सोच र विचारका साथ व्यापारव्यवसाय प्रवर्द्धन एक सय लगानीकर्ता सदस्यबाट करिब ५० करोड लगानी गर्ने अभियान सञ्चालन भइरहेको बताए । 

मानन्धर समुदायको परम्परागत व्यवसायलाई परिष्कृत र आधुनिक बनाउन तथा नयाँ पसुतालाई उद्यमी बनाउन उत्प्रेरित गर्न स्काई इन्टरनेशनलको समेत सहयोगमा विभिन्न उद्यमशीलता विकास कार्यक्रम प्रवर्द्धन योजनामा रहेको उनले जानकारी दिए । 

स्काई इन्टरनेशनलका अध्यक्ष केपी अवाल, पूर्व मिस नेपाल इभाना मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धर, संस्थाका महासचिव रामकृष्ण मानन्धर, योङ योंग आन्तरप्रोन्योर्स संघका अध्यक्ष रोहित मानन्धर, केन्द्रीय मानन्धर संघका युवा कोअर्डिनेटर सन्देश मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका राकेश मानन्धरलगायतका सहभागी अतिथिहरूले नयाँ वर्ष तथा विस्का जात्राको शुभकामना आदान प्रदान गर्दै व्यवसाय प्रवर्द्धनमा संगठित र व्यवस्थित रूपले समाजलाई आवश्यक वस्तु उत्पादन, प्रवर्द्धनका लागि लगानी तथा रोजगार वृद्धि गर्ने विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन