2026-09-22 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित

चैत २७, काठमाडौं । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ ।

एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन  गोर्डेनले २७औं मिनेटमा गोल गरे । 

प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ ।

यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । 

सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहम भन्दा छ अंक कम हो । 

आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो । 

टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याटि्रक गरे । यस्तै डेजान कुलुसेभस्कीले एक गोल गरे । 

जितसंगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउदै चौथो स्थानमा उक्लिएको छ  । 

अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे । 

जितसंगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा आर्सनल ब्राइटनसंग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो