१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एमाले अध्यक्ष ओलीले पठाए हलेसीमा चार लाख भेटी

२७ चैत्र २०७८, आईतवार १५:००

चैत्र २७, खोटाङ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् । गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरे अनुसार हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख भेटी पठाएका हुन् । 

अध्यक्ष ओलीले पठाएको भेटी रकम रामनवमीको अवसरमा आइतबार एमाले केन्द्रीय सदस्य एवं खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले हलेसी महादेव विकास समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यावस्थापन समितिका अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेका छन् । 

अध्यक्ष ओलीले पठाएको भेटी नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको औपचारिक कार्यक्रमका बीच मन्दिर र गुम्बालाई हस्तान्तरण गरिएको हो । मारातिका गुम्बामा अध्ययनरत विद्यार्थीको पठन–पाठन साथै प्रोत्साहनका लागि अध्यक्ष ओलीले दुई लाख पठाएको एमाले केन्द्रीय सदस्य राईले बताइन् । 

भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमारप्रसाद आचार्य, उप–सचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्य, एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङ राई, हलेसी महादेव मन्दिर व्यावस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राई लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार